Breaking News.... EverestOnlineKhabar
August 19, 2026

यी हुन् माओवादी केन्द्रका प्रतिनिधिसभा समानुपातिक सांसद(सूचीसहित)

Loading

काठमाडौ,माघ ।
नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ निर्वाचित समानुपातिक सदस्यको नामावाली निर्वाचन आयोगमा आज बुझाउने भएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले समानुपातिक उम्मेदवार सूचीबाट १७ जनाको नाम सोमवार बुझाउने जानकारी दिईन् । माओवादीले एक जना पुरुष र १६ जना महिला सदस्यको सूची आयोगमा बुझाउनु पर्ने हुन्छ । क्रमसंख्या र समावेशी समूहअनुसार एक जना पुरुष चयन गर्दा खस आर्यबाट हितराज पाण्डे, जनजातिबाट सुनिलकुमार मानन्धर, मधेशीबाट जोगकुमार बरबरिया यादव, दलितबाट तिलक परियार, थारुबाट रामजी चौधरी र मुस्लिमबाट हकि कुल्लाह मुसलमानमध्ये एकजनाको नाम चयन गर्नुपर्ने देखिएको छ । पार्टी स्रोतका अनुसार एक जनाको सूचीमा खस आर्यबाट हितराज पाण्डेको नाम चयन भएको छ ।
खसआर्य पुरुष
हितराज पाण्डे
खसआर्य महिला
रेखा शर्मा
पूर्णकुमारी सुवेदी
धर्मशिला चापागाँई
सत्य पहाडी
सीता पोखरेल
आदिवासी जनजाति महिला
जयपुरी घर्तीमगर
शशी श्रेष्ठ
ओनसारी घर्ती
यशोदा गुरुङ्ग
अमृता थापा
दलित महिला
अञ्जना विशङ्खे
दुर्गा विक
मधेशी महिला
इन्दु शर्मा
बोधमाया यादव
थारु महिला
रामकुमारी चौधरी
मुस्लिम महिला
चाँदतारा कुमारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.