![]()
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुुलुकको आर्थिक विकासलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
काठमाडौंमा नेपाल व्यवस्थापक संघको ३७औँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकलाई समृद्ध बनाउने अभियानमा प्रयोग, परीक्षण र विलम्ब गर्ने समय नभएको स्पष्ट पार्नुभयो ।
उहाँले मुलुकलाई समृद्ध बनाउने आधार तयार भइसकेकाले नयाँ सरकारले उत्साहकासाथ काम गर्ने बताउनुभयो । मुलुकलाई समृद्ध बनाउन छिमेकसँगको सम्बन्धलाई आफूले अझै अनुकूल बनाउन चाहेको उहाँले बताउनुभयो ।
मुलुकलाई समृद्ध बनाउन स्थिर, स्थायित्व र शान्ति आवश्यक पर्नेमा उहाँको जोड थियो ।


