Breaking News.... EverestOnlineKhabar
June 26, 2026

कांग्रेस र माओवादी केन्द्रले आज प्रतिनिधिसभा समानुपातिकको सूची बुझाउँदै

Loading

काठमाडौ,माघ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेस केन्द्रित दलहरुले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सांसदको सूची आज बुझाउने भएका छन् । एमालेले हिजो नै सूची बुझाएको छ । सूची बुझाउने आज अन्तिम दिन हो । निर्वाचन आयोगले सूची बुझाउन साँझ पाँच बजेसम्मको समय निर्धारण गरेको छ ।
समानुपातिकको सूची बुझाउन बाँकी रहेका दलहरु बिहानैदेखि गृहकार्यमा व्यस्त छन् । नामावलीबारे छलफल गर्न नेपाली कांग्रेसले बिहान कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सामानुपातिकतर्फ ४० सिट पाएको कांग्रेसले २० जना महिला पठाउनु पर्नेछ ।
अध्यक्ष प्रचण्ड चितवनबाट फर्किएपछि माओवादी केन्द्रले पनि सूचीको टुंगो लगाउने भएको छ । माओवादीले १७ जनाको नाम पठाउनु पर्नेहुन्छ । संघीय समाजवादी फोरम र राजपाले ६–६ सिट पाएका छन् । उनीहरुपनि सूची टुङ्गो लगाउन विहानैदेखि गृहकार्यमा व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.