Breaking News.... EverestOnlineKhabar
June 26, 2026

खाडी मुलुकको भ्रमणको सिलसिलामा भारतीय प्रधानमन्त्री मोदी युएइमा

Loading

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त अरब इमरेट्स (युएइ) पुगेका छन । खाडी मुलुकहरुको भ्रमणका सिलसिलामा उनी युएइ पुगेका हुन ।

युएईको सैनिकका उप सर्वोच्च कमाण्डर सेख मोहम्मद बिन जायद अल नाहयानले मोदीलाई राजधानी अबुधावीमा स्वागत गरेका छन । ‘मोदीको भ्रमणले दुई देशको निकै पुरानो र ऐतिहासिक सम्वन्धलाई थप बलियो र मित्रवत बनाउने देखाएको छ,’ मोहम्मद बिन जायदले ट्विटरमा लेखेका छन्।

भारतीय प्रधानमन्त्री मोदीको युएइ भ्रमणका क्रममा विषेश गरेर उर्जा, जनशक्तिलगायतका क्षेत्रका झण्डै १२ देखि १४ वटा सम्झौताहरुमा हस्ताक्षर हुने अपेक्षा गरिएको दुबई डेली गल्फ न्युजले समाचार लेखेको छ।

युएइको सबैभन्दा ठूलो सहर दुबईमा आइतबार प्रधानमन्त्री मोदीले विश्व सरकार सम्मेलनलाई सम्बोधन पनि गरेका छन ।
भारतीय सरकारको उच्चस्तरीय नेताहरुमा झण्डै ३४ बर्षपछि सन् २०१५ मा मोदीले युएईको भ्रमण गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.