![]()
काठमाडौं । सातौं संस्करणको हिमालयन आउटडोर फेस्टिभल शुक्रबारबाट सुरु हुने भएको छ । आयोजक हिमालयन आउटडोर फेस्टिभल प्रालिले पत्रकार सम्मेलन गर्दै फेस्टिभल फर्पिङको हात्तिबन हिल्समा शुक्रबार सुरु हुने जानकारी गराएको हो ।
तीन दिन चल्ने फेस्टिभलमा बिभिन्न साहसिक खेलकुदका स्पर्धाहरु राखिएको छ । फेस्टिभलमा साइक्लिङ, क्लाइम्बिङ र दौडका स्पर्धामा प्रतिस्पर्धा हुने जनाइएको छ ।
साइक्लिङतर्फ डाउनहिल र क्रस कन्ट्री, इलिमिनेटर, नाइट अपहिल च्यालेन्जको स्पर्धा राखिएको छ । डाउनहिल र क्रस कन्ट्रीको लागि नेपालबाहक विदेशबाट समेत खेलाडीहरुले खेल्ने छन । डाउनहिलमा नेपाल, भुटान र भारतका ५० बढी खेलाडीले भाग लिने छन् ।
क्रस कन्ट्रीमा नेपाल, चीन लगायतका गरी १२० महिला तथा पुरुष, जुनियर र मास्टर्सका खेलाडीले भाग लिने छ । क्रस कन्ट्रीमा पुरुष, महिला, जुनियर र मास्टर्सका लागि छुट्टाछुट्टै रेस कोर्ष तयार गरिएको छ ।
यस्तै दौडतर्फ, पाँच किलोमिटर, १० किलोमिटर र २० किलोमिटरको ट्रेल रेस,नाइट रन, किड्स रन दौड राखिएको छ ।


