Breaking News.... EverestOnlineKhabar
June 26, 2026

दक्षिण अफ्रिका खेलमा फर्कियो, चौथो खेलमा भारत ८ विकेटले पराजित

Loading

एजेन्सी । तीनवटा वान डे मा लगातार हार बेहोरेको दक्षिण अफ्रिकाले चौथो खेलमा भने जित हासिल गरेको छ । चौथो खेलमा दक्षिण अफ्रिकाले पाहुना टोली भारतलाई डकवर्थ लेविस (डिएल) पद्धतिको आधारमा ८ विकेटले पराजित गरेको हो ।

भारतले दिएको २९० रनको लक्ष्यसहित दक्षिण अफ्रिकाले जवाफी ब्याटिङ्ग गरिरहँदा बर्षाले खेल प्रभावित गरेको थियो । त्यसपछि २८ ओभरमा झारिएको खेलमा दक्षिण अफ्रीकाले २०२ रनको नयाँ लक्ष्य पाएको थियो । उक्त लक्ष्य दक्षिण अफ्रीकाले १५ बल बाँकी रहदै मात्र ५ विकेटको क्षतिमा पुरा गर्यो ।

दक्षिण अफ्रिकाको लागि हेन्रीच क्लासेनले अविजित ४३ तथा डेभिड मिल्लरले ३९ रनको योगदान दिए । त्यस्तै हासिम अमलाले ३३, एबी डीभिलियर्सले २६ तथा एडिन मार्क्रमले २२ रन जोडे । भारतका कुलदिप यादबले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो । भारतको लागि शिखर धवनले १०९ रनको शतकीय पारी खेले । त्यस्तै कप्तान विराट कोहलीले ७५ रनको योगदान दिदा महेन्द्र सिंह धोनीले अविजित ४२ रन जोडे । दक्षिण अफ्रिकाका कागीसो राबडा र लुंगी नेगीदीले समान दुई दुई विकेट लिए ।

दक्षिण अफ्रीका ६ खेलको सिरिजमा अझै ३ – १ ले पछि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.