Breaking News.... EverestOnlineKhabar
June 26, 2026

३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना संचालनमा, प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

Loading

दार्चुला । सरकारी लगानीमा निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार उद्घाटन गर्नुभयो ।

प्रधानमन्त्री देउवाले उद्घाटन गरेसँगै आयोजनाले व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेको छ । शैल्यशिखर नगरपालिका– १ बलाचमा निर्माण भएको उक्त आयोजनाले गत पुस २८ गतेदेखि १५ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ भने दोस्रो युनिटको १५ मेगावाट विद्युत् समेत करिब एक साता अगाडि उत्पादन शुरु गरेको थियो ।

सन् २००७ देखि निर्माण थालेको उक्त आयोजनाले झण्डै ६ वर्षपछि विद्युत् उत्पादन गर्न थालेको हो । ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत दोब्बर पुगेको छ ।

जलविद्युत आयोजनाको समुद्घाटन समारोहमा विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना सुदूरपश्चिमकोसन्तुलित विकासको अवधारणा अनुरुप ल्याइएको धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed