Breaking News.... EverestOnlineKhabar
June 26, 2026

खर्च बिधेयक पारित भएपछि अमेरिकी सरकारी कार्यालयमा कामकाज सुचारु

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खर्चसम्बन्धी नयाँ पारित विधेयकमा हस्ताक्षर गरेर त्यसलाई कानुनी रुप दिएका छन् । विधेयकमा राष्ट्रपतिले हस्ताक्षर गरेसँगै छोटो समयका लागि बन्द भएको अमेरिकी सरकारी कामकाज पुनः सञ्चालनमा आएको छ ।

सिनेटले खर्च विधेयक पारित गर्नुपर्ने समयसीमा नाघेपछि अमेरिकामा यस वर्ष दोस्रो पटक सरकारी कामकाज ठप्प भएको थियो । तर पछि सो विधेयक पारित भएको छ ।

वैधानिक खर्च व्यवस्थाको अभावमा मध्यरातपछि केहि समयका लागि बन्द हुन पुगेको सरकारी कामकाज संचालन हुन सक्ने गरी राष्ट्रपति ट्रम्पले कंग्रेसबाट अनुमोदित विधेयकमा हस्ताक्षर गरेका हुन् ।

६५० पृष्ठ लामो खर्च योजनामा प्रतिरक्षा र आन्तरिक सेवाहरुमा गरिने खर्चको सीमा बढाइएको छ । पारित विधेयकमा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले अब अमेरिकी सेना पहिले भन्दा बलियो हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed