Breaking News.... EverestOnlineKhabar
June 26, 2026

खुला ठाउँमा दिसा गर्ने वडा सदस्यलाई एक हजार रुपैयाँ जरिवाना

Loading

सिरहा । सिरहाको लाहानमा खुला ठाउँमा दिसा गरिरहेका बेला नरहा ३ का निर्वा्चित वडासदस्य जगदेव महरा पक्राउ परेका छन्। सरसफाई अभियन्ताले नेपाल प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मिर्चैयामा उनलाई एक हजार रुपैयाँ जरिवाना गरी रीहा गरिएको छ ।

समयमा घरमा चर्पी नबनाउदा र खुला ठाउँमा दिसा पिसाब गर्ने व्यक्तिलाई पक्रेर कारबाही गर्ने निर्णय भएअनुसार महरा पक्राउ परेका हुन । महराले अब चाँडै घरमा चर्पी बनाउने प्रतिवद्धता जनाएका छन्। नहरा ३ का पाँच वडा सदस्यमध्ये महरा, समतोलिया मण्डल र बेचन यादवले अझै चर्पी बनाएका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed