![]()
हेटौंडा । प्रदेश नम्बर ३ को सभामुखमा नेकपा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्वा्चित भएका छन् । उम्मेदवारी दर्ताको लागि तोकिएको बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समयमा एक्लो उम्मेदवारी परेपछि श्रेष्ठ निर्विरोध भएका हुन् ।
श्रेष्ठ काठमाडौं– २ ‘क’बाट निर्वा्चित भएका थिए ।
माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलको प्रस्ताव र एमालेका रामेश्वर फुयालको समर्थनमा श्रेष्ठले मनोनयन दर्ता गरेका थिए ।


