![]()
धादिङ । सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादव त्रिशुली नदीमा मृत भेटिएका छन । बा २ झ ३१४० नं को जीपमा कपिलवस्तुबाट काठमाडौं आउँदै गर्दा बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा जीप दुर्घटनाग्रस्त भएको थियो । जीप सडकबाट सिधै तल त्रिशुली नदीमा खसेको थियो ।
सचिव यादवको शव सशस्त्र प्रहरी गोताखोरको टोलीले बाहिर निकालेको हो । उनको शव जीपको ड्राइभिङ सिटमै भेटिएको थियो ।
जीपमै रहेका उनका छोरा संजय र एक किशोरी अझै भेट्टिएका छैनन् । दुर्घटनामा चालक निराजन यादव भने घाइते भएका छन् ।
बेपत्ताको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।


