![]()
चितवन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नयाँ आउने बामगठवन्धनको सरकारले वैदेशिक लगानीका बारेमा स्पष्ट नीति बनाउने बताउनु भएको छ ।
नेपाल अण्डा उत्पादक संघको १४ औं साधारण सभा तथा ८ औं अधिवेशन एवं भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्राथमिकताका आधारमा बैदेशिक लगानीबारे स्पष्ट नीति बनाइने आश्वासन दिनुभयो ।
अण्डा उत्पादक व्यवशायीहरूले कृषि तथा पशुपालनका क्षेत्रमा वैदेशिक लगानि भित्रिएको खण्डमा स्वदेशी व्यवशायी र किसानहरू मारमा पर्ने भएकोले दाहालको ध्यानाकर्षण गराएका थिए । दाहालले कृषि क्षेत्रमा आधुनिकीकरण गरेर देश आत्मनिर्भर अर्थतंत्र र्फ अघि बढने बताउनु भएको थियो ।
चुनावमार्फÞत जनताले समृद्धिको अभियानलाई अनुमोदन गरेकोले अब बन्ने सरकारले कृषि लगायतका क्षेत्रमा आम किसान, व्यवशायीहरूको बृहत्तर हितका पक्षमा काम गर्ने वहाँले बताउनुभयो ।


