Breaking News.... EverestOnlineKhabar
June 26, 2026

गुल्मीको सिद्देश्वर सामुदायिक वनमा आगलागी

Loading

गुल्मी,माघ ।
गुल्मीको मुसिकोट नगरपालीका–५ मा रहेको सिद्देश्वर सामुदायिक वनमा आगलागी भएको छ । बिहीबार मुसिकोट नगरपालीका–६ कुर्घाको मालीका चौरदेखि सुरु भएको आगो शुक्रवार बिहानसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीले भिषण रुप लिदै जान थालेपछि यतिवेला आँपचौरको खर्वाङ्ग गाउँका स्थानीय त्रसित बनेका छन् ।
आगो निभाउनका लागि उनीहरुले नेपाली सेना, प्रहरी, शसस्त्र लगायत स्थानीयहरुको सहयोग मागेका छन् । आगो अहिले आँपचौरको थामडाँडामा पुगेको बताईएको छ । आगोलागी भएको ठाउँदेखि केही तल घनाबस्ती रहेको कारण आगो बस्ती नजिकै पुग्ने खतरा देखिएको स्थानीयले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed