Breaking News.... EverestOnlineKhabar
June 26, 2026

दाइजो नपाएको भन्दै श्रीमानले आफ्नै श्रीमतिको किड्नी चोरेपछि….

Loading

एजेन्सी,माघ ।
एक जना भारतीय महिलाले श्रीमानले आफ्नो किड्नी चोरेको आरोप लगाएकी छिन् । दाइजो नल्याएको भन्दै श्रीमानले किड्नी चोरेको उजुरी गरेपछि प्रहरीले उनका श्रीमान र श्रीमानका भाइलाई पक्राउ गरेको छ । भारतको पश्चिम बङ्गालकी २८ वर्षीय रीता सरकारले दुई वर्ष अगाडि पेट दुखेको बेलामा श्रीमान विश्वजितले अस्पतालमा लगेर उनको किड्नी चोरेको बताएकी छिन् ।
सन् २०१७ को अन्त्यतिर रीतालाई सञ्चो नभएपछि उनका परिवारका सदस्यले अस्पताल पुर्याएका थिए । अस्पतालमा जाँच गर्ने क्रममा उनको दाँयातिरको किड्नी नभएको पत्ता लागेको थियो । ति महिलाले श्रीमानले आफूसँग पटक–पटक दाइजो माग्ने गरेको बताएकी छिन् ।
भारतीय सञ्चार माध्यमका अनुसार पीडित महिला रीता सरकारले आफू दाइजोका कारण धेरै वर्षदेखि पटक–पटक घरेलु हिंसाको शिकारमा परेको बताएकी छिन् ।
‘मेरा श्रीमानले मलाई कलकत्ताको नीजी नर्सिङ अस्पतालमा लैजानुभयो’ पीडित महिलाले भनेकी छिन्ः‘जहाँ श्रीमान र अस्पतालका स्टाफले मलाई मेरो पेटमा रहेको एपेन्डिक्सलाई सर्जरी गरेर हटाएपछि सञ्चो हुन्छ भने’, हिन्दुस्तान टायम्सले उनको भनाईलाई कोट गरेको छः‘मेरा श्रीमानले मलाई अपरेशन गरेको खुलासा नगर्न चेतावनी दिनुभएको थियो ।’
महिना बित्दै गएपछि उनलाई बिसञ्चो हुँदै गयो र उनलाई अस्पताल पुर्याएपछि शरिरको स्क्यान गरिएको थियो । स्क्यान गर्दा आफ्नो दाहिने किड्नी नभएको पत्ता लागेको ति महिलाले बताएकी छिन् ।
श्रीमानलाई २ लाख दाइजो नदिएका कारण श्रीमान र उनका भाई मिलेर किड्नी चोरेको पीडित महिलाले बताएकी छिन् ।
पीडित महिलाले उजुरी दिएपछि उनका श्रीमान र श्रीमानका भाईलाई प्रहरप्ले नियन्त्रणमा लिएको छ । भारतमा सन् १९६१ देखि दाइजो प्रथालाई बन्द गरिएको छ । उनीहरुलाई मानव अंग प्रत्यारोपण अनुसारको कानून बमोजिम कार्वाही हुने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed