Breaking News.... EverestOnlineKhabar
June 26, 2026

राष्ट्रियसभामा पनि वाम गठबन्धनको बहुमतःको—को विजयी (नामावली सहित)

Loading

काठमाडौ,माघ ।
राष्ट्रियसभा चुनावको सबै परिणाम सार्वजनिक भएको छ । कुल ५६ जना सांसदका लागि भएको चुनावमा २४ जना सांसद यसअघि नै निर्विरोध विजयी भएका थिए । बुधबार बाँकी ३२ सांसदको लागि चुनाव भएको थियो । सबै प्रदेशबाट मतगणना सकिँदा राष्ट्रियसभा सदस्य चुनावमा पनि वाम गठबन्धनको नै स्पष्ट बहुमत आएको छ ।
५६ जना सदस्यका लागि भएको चुनावमा नेकपा एमालेका २६ जना विजयी भएका छन् भने माओवादी केन्द्रका १३ जना विजयी भएका छन् । यसरी हेर्दा वाम गठबन्धनबाट ३९ सांसद राष्ट्रियसभामा प्रतिनिधित्व गर्नेछन् । नेपाली कांग्रेसबाट भने राष्ट्रियसभामा १३ जना सांसदले प्रतिनिधित्व गर्नेछन् राजपा र संघीय समाजवादी फोरमका २—२ जना सांसद राष्ट्रियसभामा हुनेछन् ।
प्रदेश नम्बर १
प्रदेश नम्बर १ मा भएको चुनावमा ६ जना निर्विरोध भएका थिए भने २ जनाको लागि बुधबार चुनाव भएको थियो । दलित र अपाङग वा अल्पसंख्यक सदस्यका लागि भएको चुनावमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । १ नम्बर प्रदेशमा एमालेका ५ जना कांग्रेसका २ जना र माओवादी केन्द्रका १ जना सांसद भएका छन् । बुधबार भएको चुनावमा एमालेका खेम नेपाली र एमालेकै अगमप्रसाद बान्तवा राई विजयी भएका छन् ।
प्रदेश नम्बर १ मा यसअघि नै वाम गठबन्धनका नैनकला ओझा, विना पोखरेल, हरिचरण शिवाकोट, पर्शुराम मेघी गुरुङ्ग, तथा कांग्रेसका रमेशजंग रायमाझी र सरिता प्रसाई निर्विरोध निर्वाचित भैसक्नुभएको थियो ।
प्रदेश नम्बर २
प्रदेश नम्बर २ मा कांग्रेसका जितेन्द्रनारायण देव र मुक्ताकुमारी यादव, राजपाका रमेशप्रसाद यादव र बृषेचन्द्र लाल संघिय समाजवादी फोरमा प्रमिला कुमारी र रामपृत पासवान एमालेका सुमनराज प्याकुरेल, माओवादीका शशीकला दाहाल, तथा गरि ८ जना नै निर्विरोध निर्वाचित भइसकेका थिए । उनीहरुलाई बुधबारै विजयी भएको प्रमाण पत्र प्रदान गरिएको छ ।
प्रदेश नम्बर ३
प्रदेश नम्बर ३ मा वाम गठबन्धनबाट एमालेका बलराम प्रसाद बाँस्कोटा, दिलकुमारी रावल पार्वती र उदया पौडेल शर्मा, सिंहबहादुर विश्वकर्मा र रामचन्द्र राई, माओवादी केन्द्रबाट रामबहादुर थापा बादल र कांग्रेसबाट राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी भएका छन् ।
प्रदेश नम्बर ४
प्रदेश नम्बर ४ मा अपाङग वा अल्पसंख्यक सदस्य बाहेक अन्य सदस्यका लागि बुधबार चुनाव भएको थियो । जसमा नेकपा एमालेका ३ जना विजयी भएका छन् । एमालेका गणेश तिमिल्सिना, शान्ति अधिकारी र दीपा गुरुङ रहेका छन् । माओवादी केन्द्रबाट दीनानाथ शर्मा र खिमकुमार विक गरी २ जना सदस्य विजयी भएका छन् । नेपाली कांग्रेसबाट ४ नम्बर प्रदेशमा ३ जना विजयी भएका छन् ।कांग्रेसका सुरेन्द्रराज पाण्डे, बृन्दा राना मगर र प्रकान्त पन्त विजयी भएका हुन् ।
प्रदेश नम्बर ५
प्रदेश नम्बर ५ को राष्ट्रियसभा सदस्यमा एमालेका दुई, माओवादी केन्द्रका दुई र कांग्रेसका एक जना विजयी भएका छन्। यसअघि एमालेका दुई र कांग्रेसका एकजना निर्विरोध निर्वाचित भइसकेका छन्। दलित र अन्यमा गरी एमालेका २, अल्पसंख्यकरअपाङ्गता र अन्य गरी माओवादी केन्द्रका २, नेपाली कांग्रेस अन्यमा एक जना विजयी भएका हुन्। दलिततर्फ नेकपा एमालेका उम्मेदवार रामलखन चमार विजयी भए। अपांग तथा अल्पसंख्यक तर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार कुवर विजयी भए। अन्यमा एमालेबाट खिमलाल भट्टराई, माओवादी केन्द्रका चन्द्र बहादुर खड्का कांग्रेसका दुर्गाप्रसाद उपाध्याय विजयी भएका छन् । महिलातर्फ भने तीन जना यसअघि नै निर्विरोध निर्वाचित भैसकेका हुन्।यसअघि प्रदेश नम्बर पाँचमा महिलातर्फ एमालेवाट कोमल वलि, बिना बुढा र नेपाली काङ्ग्रेसबाट अनिता देवकोटा निर्विरोध निर्वाचित भएका थिए।
प्रदेश नम्बर ६
प्रदेश नम्बर ६ मा सबै वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका खुला सदस्यमा एमालेका भैरवसुन्दर श्रेष्ठ, ठगेन्द्रप्रसाद पुरी र माओवादी केन्द्रका कालिबहादुर मल्ल विजयी हुनुभएको हो ।
यस्तै महिला सदस्यमा वाम गठबन्धनको तर्फबाटै एमालेकी नन्दा चपार्ई , कविता बोगटी र माओवादी केन्द्रकी युटोल लामा विजयी हुनुभएको हो । वाम गठबन्धनबाटै एमालेका नरपति लुवार दलितबाट र माओवादी केन्द्रका जीवनबहादुर बुढा अपाङ्गता कोटाबाट विजयी हुनुभएको हो ।
प्रदेश नम्बर ७
प्रदेश नम्बर ७ मा एमालेका ४ जना विजयी भएका छन् भने माओवादी केन्द्रका २ जना सांसद विजयी हुँदा कांग्रेसका २ जना विजयी भएका छन् । एमालेका चक्र स्नेही र महेशकुमार महरा विजयी हुनुभएको छ । ७ नम्बर प्रदेशबाट कांग्रेसका बद्री पाण्डे र तारादेवी भट्ट, एमालेका शेरबहादुर कुँवर, इन्दु कडरिया, कमलाकुमारी वली र माओवादीका हरिराज चौधरी यसअघि नै निर्विरोध भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.