Breaking News.... EverestOnlineKhabar
June 26, 2026

म्याराडोनाले ट्रम्पलाई कार्टुन भनेपछि अमेरिकाले भिसा नै दिएन

Loading

एजेन्सी । एकपटक फेरि अमेरिकाले डियगो म्याराडोनालाई भिसा नदिएको खुलासा भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिस्क्याएका कारण भिसा नपाएको म्याराडोनाका वकिल माथियस मोर्लाले बताए । अमेरिकाले म्याराडोनालाई भिसा नदिएर गल्ती गरेको मोर्लाको भनाई छ । यसअघि ‘ब्युनोस डायस अमेरिका’ नामक टेलिभिजन शोमा म्याराडोनालाई ट्रम्पबारे प्रश्न राखिएको थियो ।

‘डोनाल्ड ट्रम्प चिरोलिटा हुन,’ युएईको अल फुजाईरा क्लबमा प्रशिक्षक रहेका म्याराडोनाले हाँस्दै यस्तो प्रतिक्रिया दिएका थिए । चिरोलिटा अर्जे्न्टिनी भाषा हो । कसैलाई कठपुतली अर्थात अरुको निर्देशनमा चल्ने व्यक्तिको संज्ञा दिनुपर्दा यो भाषा प्रयोग गरिन्छ ।

म्याराडोना आफ्नी पूर्व श्रीमती क्लाउडियो भिल्लाफानेसँगको सम्पत्ती विवाद टुंग्याउन अमेरिका जान लागेका थिए । म्याराडोनाकी टिनएजकी प्रेमिका तथा जेठी श्रीमती भिल्लाफानेले सन् २००४ मा उनीसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । यो दम्पतीका दुई छोरी छन् । भिल्लाफाने पछिल्लो समय अमेरिका बस्दै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.