Breaking News.... EverestOnlineKhabar
June 26, 2026

खेलाडीको यौन शोषण गर्ने यो मान्छेलाई ३०० बर्ष जेल

Loading

बीबीसी । अमेरिकाको ओलम्पिक जिमनास्टिक टिमका पूर्व डाक्टर ल्यारी नासरलाई थप ४० देखि १२५ वर्ष जेल सजाय सुनाइएको छ ।
युवा जिमनास्टलाई यौन दुर्व्यवहार गरेको आरोपमाथि सुनुवाई गर्दै अमेरिकाको एक अदालतले नासरमाथि थप ४० देखि १२५ वर्ष जेल सजाय सुनाइएको हो । उनीमाथि गएको डिसेम्बरमा बालयौन दुराचारको आरोपमा ६० वर्ष तथा अमेरिकी जिमनास्टिक टिमका खेलाडी तथा मिसिगन स्टेट युनिभर्सिटीका छात्रामाथि गरेको यौन दुराचारका लागि १७५ वर्ष जेल सजाय सुनाई सकिएको थियो ।

सुनुवाईको क्रममा नासरबाट यौन हिंसा पर्ने महिलाको संख्या २६५ मा हुन आएको छ । उनीमाथि लागेका आरोपको अन्तिम सुनुवाईको फैसला गर्दै न्यायाधीश जेनिस कनिङ्घमले सुनुवाईको अन्त्य भए पनि नासरले दिएको भावनात्मक तथा शारीरिक पीडाको घाउको अन्त्य नरहेको बताइन् ।

थप ४० देखि १२५ वर्षसम्मको जेल सजायपछि नासरले अब समग्रमा कम्तिमा ३०० सय वर्ष जेल सजाय भोग्नु पर्छ । यसक्रममा दुई सय भन्दा बढी महिलाले अदालतमा बयान दिएका छन् । सोमबार सुनवाईको क्रममा माफी माग्दै नासरले भनेका थिए ‘म कति लज्जित र पछुतोमा छु त्यो बताउन सक्दिन । यो पीडा सदैब मेरो मनमा रहनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed