Breaking News.... EverestOnlineKhabar
June 26, 2026

त्रिबि पदाधिकारीलाई तत्काल बर्खास्त नगरे कडा आन्दोलन गर्ने डा.केसीको चेतावनी

Loading

काठमाडौं । प्राध्यापक डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयका पदााधिकारीलाई सरकारले तत्काल बर्खास्त नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

न्यायीक जाचँबुझ आयोगले फर्जी मेडिकल कलेज सम्बन्धनमा त्रिवी पदाधिकारीहरुको संलग्नता रहेको प्रतिवेदन बुझाएपछि डा. केसीले यस्तो चेतावनी दिएका हुन् ।

डा केसीले प्रेस विज्ञप्ती जारी गर्दै विश्वविद्यालय, प्रतिष्ठान र काउन्सिलका तत्कालीन पदाधिकारीहरुलाई कारवाही गर्न माग राखेका छन् । त्यसैगरी आइओएम डिनको कार्य सम्पादनमा ल्याइएको अवरोध रोक्ने, प्रधानन्यायधीश गोपाल पराजुलीलले राजीनामा दिनुपर्ने तथा उनले दिएको ज्यान मार्ने धम्कीमाथि तुरुन्त छानविन गर्नुपर्ने बताएका छन।

अदालतले नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाएर अनुसन्धान गर्न आदेश दिएको अवस्थामा पदबाट राजिनामा नदिइ उल्टै अदालतको मानहानी हुनगरि मनपरि बोल्दै हिडेको डा केसीले आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed