Breaking News.... EverestOnlineKhabar
June 26, 2026

धनगढी प्रिमियर लिग (डीपीएल) को ट्यालेन्ट हन्टबाट १२ खेलाडी छनोट

Loading

धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको लागि गरिएको ट्यालेन्ट हन्टबाट १२ जना खेलाडी छनोट भएका छन् । डीपीएलको नियमअनुसार प्रत्येक खेलमा एक जना सुदूरपश्चिमका खेलाडी हुनुपर्ने व्यवस्था अनुसार खेलाडी छनोट गरिएको हो ।

ट्यालेन्ट हन्टबाट प्रकाश जैशी, नारायण जोशी, सुवोध ऐर, विजय राना, लोकेश बम र विक्रम ठगुन्ना छनोट भएका छन् । यस्तै किरन कुमार आग्री, वसन्तसिंह कार्की, शेर मल्ल, पूर्ण्सिंह ठकुरी, प्रकाश सिंह र सागर भण्डारी पनि ट्यालेन्ट हन्टबाट छनोट भएका छन् । ट्यालेन्ट हन्टबाट छनोटमा परेका १२ जना मध्ये ६ खेलाडीले आउँदो चैत्र १७ गतेबाट धनगढीमा सुरु हुने डीपीएल खेल्न पाउने छन् ।
एक सय बढी खेलाडीहरुको सहभागिता रहेको ट्यालेन्ट हन्टबाट १२ जना खेलाडीलाई छनोट गरिएको हो । छनोट भएका १२ जनालाई डीपीएलको अक्सनको ‘डी’ समूहमा राखिने छ ।

राष्ट्रिय प्रशिक्षक जंगबहादुर थापाले ट्यालेन्ट हन्टमा सहभागी खेलाडीहरुको मूल्यांकन गरेका हुन । डीपीएलमा ६ सहरका टिमहरुले प्रतिस्पर्धा गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed