Breaking News.... EverestOnlineKhabar
June 26, 2026

टेलिकमले पनि ल्यायो ब्यालेन्स सापटीको सुविधा

Loading

काठमाडौँ । नेपाल टेलिकमले फोन सम्पर्कलाई निरन्तरता दिन नमस्ते क्रेडिट सेवाको सफ्ट लञ्च गरेको छ । प्रिपेडमा कुरा गर्दागर्दै ब्यालेन्स सापटी लिन सकिने सेवा टेलिकमले सुरु गरेको हो ।

आफ्ना प्रिपेड ग्राहकको ब्यालेन्स सकिँदा एनसेलले जस्तै टेलिकमले पनि सापटी दिन सुरु गरेको हो । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ को सफ्ट लन्च गरेर यस्तो सुविधा ल्याएको हो ।

प्रिपेड कार्डबाहेक ग्राहकले अब फोन गर्दागर्दै पैसा सकिए निरन्तर बोल्न पाउनेछन् । टेलिकमको प्रतिस्पर्धी एनसेलले यो सेवा सुरु गरेको लामो समय भइसकेको छ । युवा पुस्तालाई यो सेवाले तानेको देखेपछि टेलिकमले पनि सापटी दिन थालेको हो ।

टेलिकमको वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यो सेवाको सुरूवात गरेका हुन् । यो योजना एक महिनाभित्र पुर्णरुपमा लागू भइसक्नेछ ।

टेलिकमले पैसा सकिएपछि ग्राहकले बोल्ने समयसीमा भने तोकिसकेको छैन । ग्राहकले बिनापैसा कुरा गर्न पाएको समय बराबरको रकम रिर्चाज गर्दा काटिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.