Breaking News.... EverestOnlineKhabar
October 3, 2026

डीपीएलको ट्यालेन्ट हन्ट सम्पन्न, नतिजा मंगलबार

Loading

धनगढी । आगामी चैत १७ गतेबाट सुरु हुने धनगढी प्रिमियर लिग (डीपीएल)को ट्यालेन्ट हन्ट धनगढीमा सम्पन्न भएको छ। उक्त ट्यालेन्ट हन्टबाट छानिएका ६ स्थानिय खेलाडीले डीपीएलमा खेल्ने अवसर पाउनेछन्।

सुदूरपश्चिमका खेलाडीहरुलाई प्रत्येक टिममा स्थान दिने उदेश्यले आयोजित ट्यालेन्ट हन्टमा एक सय बढी खेलाडीहरुको सहभागिता रहेको र त्यसबाट १२ खेलाडी छनोट गर्ने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।

ट्यालेन्ट हन्टबाट छनोट भएका १२ खेलाडीलाई डीपीएलको अक्सनको क्याटेगोरी ‘डी’ राखिनेछ। उनीहरुको बेस प्राइज २५ हजार तोकिएको छ र बढीमा ४० हजारसम्म पाउनेछन्। अक्सनमा प्रत्येक टिमले ट्यालेन्ट हन्टबाट आएका एक खेलाडीलाई आफ्नो टिममा अनिवार्य राख्नुपर्ने प्रावधान आयोजकले तोकेको छ।

राष्ट्रिय प्रशिक्षक जंगबहादुर थापाले ट्यालेन्ट हन्टमा सहभागी खेलाडीहरुको मुल्यांकन गरेका थिए। मंगलबार छनोटमा परेका खेलाडीको नाम सार्वजनिक गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed