![]()
सप्तरी । सप्तरीको राजविराजस्थित जिल्ला कारागार कार्यालयका निमित्त जेलर कृष्णप्रसाद दाहाल ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
निमित्त जेलर दाहालले एकजना कैदीलाई छुटाइदिने आश्वासन दिएर घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धधान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक ध्रुबकुमार श्रेष्ठले दाहाल पक्राउको पुष्टि गर्दै अख्तियारको टोलीले थप अनुसन्धान गरिरहेको बताए ।
घुस दिने व्यक्ति र कैदीको विवरण भने अख्तियार र प्रहरीको टोलीले खुलाएको छैन ।


