Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं । फागुन १७ गते चौथो लुम्बिनी शान्ति म्याराथन प्रतियोगिता हुने भएको छ । लुम्बिनी पिस म्याराथनले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

लुम्बिनीमा हुने चौथो संस्करणको प्रतियोगितामा फुल म्याराथन ४२.१९८ किलोमिटर, हाफ म्याराथन २१ किलोमिटर र ५ किलोमिटर गरी तीनवटा विधा छन ।

फुल म्याराथनको विजेताले १ लाख नगदसहित मेडल हात पार्नेछन् । प्रथम पुरस्कार ‘लुम्बिनी अशोक पिस पुरस्कार’ को नाममा राखिएको छ । त्यस्तै, दोस्रो हुनेले ७५ हजार नगदसहित मेडल हात पार्नेछन् । यो पुरस्कारको नाम ‘कपिलवस्तु हुएन सान पुरस्कार’ राखिएको छ । त्यस्तै, तेस्रो हुनेले ५० हजार नगद पाउने छन् । यो पुरस्कारको नाम ‘मायादेवी गार्डेन उल्थान पुरस्कार’ राखिएको छ ।

त्यस्तै, हाफ म्याराथनतर्फको विजेताले ५० हजार, दोस्रोले ३५ हजार र तेस्रो हुनेले २५ हजार नगदसहित मेडल पाउनेछन् ।
म्याराथन प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी करिब २५० जना खेलाडीले भाग लिने आयोजकको दाबी छ । प्रतियोगितामा नेपाल, भारत, चीन, अष्ट्रेलिया, कोरिया र बेलायत लगायतका राष्ट्रका खेलाडीले भाग लिने छन् ।

म्याराथन प्रतियोगिता सिद्धार्थ गौतम बुद्धको रुपमा आफ्नो जन्मभूमि फर्केर बाबु राजा शुद्धोधनलाई भेटेको स्थान कुदानबाट सुरु भई गोटिहवा, कपिलवस्तु, बाणगंगा, तिलौराकोट, निग्लिहवा, अरोरकोट र दोहनी हुँदै लुम्बिनीमा टुंगिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.