![]()
एजेन्सी । अहिले इन्टरनेटको पहुँचबाट कोही पनि मानिस बाहिर बस्न सक्दैन । शहरी क्षेत्रमा प्रायः सबैको घरमा वाईफाई हुन्छ । सरकारले पनि बिभिन्न सार्वजनिक स्थानमा फ्रि वाइफाइको व्यवस्था गरिरहेको छ । यस्तोबेला इन्टरनेटमा नयाँ सेवा भित्रिनु नौलो कुरा होइन ।
अब अहिले सबैले प्रयोग गरिरहेको वाइफाइ भन्दा सयौ गुना तिव्रगतिको इन्टरनेट सेवा आउने भएको छ । यो सेवाको भारतले परीक्षण गरिरहेको छ। नयाँ इन्टरनेट लाईफाईले एलईडी बल्ब मार्फत पनि काम गर्न सक्छ । यो प्रविधिलाई छिटै प्रयोग ल्याउन सकिने जनाइएको छ । फाइबर नभएको स्थानमा लाईफाई प्रयोगमा ल्याउन सकिने छ । सूचना प्रविधि मन्त्रलायले लाईफाई पाईलट प्रोजेक्टमा परीक्षण गरिरहेको छ।
१० जीबीपिएसको स्पीड डाटा ट्रान्समिट गर्नको लागि एलईडी बल्ब र लाईट स्पेक्ट्रमको प्रयोग गर्न सकिनेछ । वाईफाई एक कोठा वा घरमा मात्र कनेक्ट गर्न सकिन्छ भने लाईफाईको रेडियस १ किलोमिटर सम्म कनेक्ट गर्न सकिन्छ। अहिले भारतमा फाइबर बिच्छ्याएर इन्टरनेट जडान गर्न धेरै समस्या छ र यसको लागि धेरै समय पनि लाग्छ।
सूचना मन्त्रालयले लाईफाईको सबैभन्दा धेरै प्रयोग मुलुकका ठूलाठू्ला स्मार्ट सिटीमा गर्न सकिने जनाएको छ । स्मार्ट सिटीमा एलईडी मार्फत लाईफाई जडान गर्न सकिने छ ।
के हो लाईफाई ?
लाईफाईमा इन्टरनेट कनेक्टिभिटीको लागि भिजिबल लाइट कम्युनिकेसन (भीएलसी)को प्रयोग गरिएको छ। जसले लाईफाईको कनेक्टिभिटीको गति १ जीबीपीएस निर्धारण गरेका छ जुन वाईफाईको तुलनामा सयौं गुणा बढी छ। २०१५ मा अन्त्यतिर लाईफाईको पहिलो पटक प्रयोगशालामा प्ररीक्षण गरेर बाहिर ल्याइएको हो जहाँ यसको कनेक्टिभिटी स्पीड १ जीबीपीएस परीक्षण गरिएको थियो। धेरै जसो वाईफाईको रायउटर्समा बढीमा १०० एमबीपीएस कनेक्टिभिटी स्पीड मात्रै हुन्छ।
यो इटरनेटको स्पीड होइन कि कनेक्टिभिटी स्पीड हो। धेरैले डिभाइसको कनेक्टिभिटी स्पीडलाई इन्टरनेटको स्पीड सम्झने गर्छन्। उदाहणको लागि वाईफाई राउटरको कनेक्टिभिटी स्पीड १०० एमबीपीएस हुन्छ जसको मतलब राउटरबाट स्मार्टफोन वा ल्यापटपमा १०० एमबीपीएस स्पीडमा कनेक्ट हुन्छ।
कार्यालय र स्थानीय नेटवर्किङमा फाइदा
जब लाईफाईको प्रयोग शुरु हुन्छ, लोकल नेटवर्किङमा धेरै फाइदा हुन्छ जहाँ कम्प्युटर लोकल वाईफाई नेटवर्क गरिएको हुन्छ। स्टोनियन कम्पनीका सिओ दीपक सोलंकीले एक अंग्रजी अखबारलाई बताउदै भनेका छन्, ’हामीले धेरै उद्योगमा यसकिसिमको पायल प्रोजेक्टको परीक्षण गरिरहेका छौ। ’
सुरक्षित कनेक्सनको लागि फाइदा
सुरक्षित इन्टरनेट कनेक्सनको लागि लाईफाई फाइदाजनक छ। वाईफाईको जस्तो लाईफाईको सिग्नल भित्ता पार गर्न सक्दैन। उदाहरणको लागि एक कोठामा जोडेको सिग्नल अर्को कोठामा जादैन। जसले लाईफाईको कनेक्टिभिटी मजबुत र सुरक्षित हुन्छ। यही कारण लाईफाईको मार्फत् २२४ जीबीपीएस अधितम स्पीड डाटा प्रयोगशालामा दौडिरहेको छ।


