Breaking News.... EverestOnlineKhabar
August 9, 2026

अमेरिकामा ‘एफबिआई’ विवादमा, ट्रम्पमाथिको अनुसन्धानमा शक्ति दुरुपयोगको आरोप

Loading

बीबीसी । अमेरिकी कंग्रेसको संघीय अनुसन्धान ब्युरो एफबीआइले ट्रम्पको चुनावी अभियानको अनुसन्धान गर्दा शक्तिको दुरुपयोग गरेको खुल्न आएको छ । रिपब्लीकन सांसदहरुले तयार पारेको प्रतिवेदन अमेरिकी कंग्रेसमा पुगेको छ र यो प्रतिवेदन कंग्रेसले लिक गरेको छ । सो प्रतिवेदनमा एफबिआईले ट्रम्पमाथि अन्याय गरेको उल्लेख छ ।

यो प्रतिवेदनपछि एफबीआइले ट्रम्पको कदमप्रती गम्भीर चिन्ता व्यक्त गरेको छ । उक्त रिपोर्ट चुनावी अभियानका क्रममा ट्रम्पका विदेश मामिला सल्लाहकार रहेका कार्टर पेजको फोन रेकर्डमा आधारित छ ।

रिपोर्ट सार्वजनिक गराउने रिपब्लिकन सांसद डेभिड न्युन्सले यसले सर्वसाधारणको विश्वासमाथि नराम्रो असर परेको प्रतिक्रिया दिए ।
रिपोर्ट सार्वजनिक भएलगत्तै एफबिआइका निर्देशक ‘क्रिस्टोफर रे’ले आफ्ना कर्मचारीहरुलाई इमेल पठाउँदै निष्पक्षतापूर्वक कानुनसम्मत ढंगले अघि बढ्न आफूले साथ दिने बताएका छन् ।ट्रम्पको बर्खास्तीमा परेका एफबिआइका पूर्व निर्देशक ‘जेम्स कोमी’ले उक्त रिपोर्ट बेइमानीपूर्वक ढंगले आएको बताए ।

प्रतिवेदनप्रति डेमोक्र्याट सांसदहरुले पनि आपत्ती जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed