![]()
गोरखा । पूर्व प्रधानमन्त्री एवम नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वारजको नेपाल भ्रमणलाई बेमौसमी बाजाको संज्ञा दिएका छन ।
गोरखा उद्योग बाणिज्य संघको ४४ औं बाषिर्क साधारण सभामा बोल्दै नेता भट्टराईले सरकार बन्नु अघि नै छिमेकी देशको बिदेशमन्त्री नेपाल भ्रमणमा आउनु कूटनीतिक हिसावले उपयुक्त नभएको टिप्पणी गरे ।
स्वराजको बेमौसमी भ्रमणले अनावश्यक ढंगले राजनीतिक अर्थ लाग्ने र अविश्वास बढ्ने उनले बताए ।
बिदेशमन्त्री स्वराजले नेपाल भ्रमणकाक्रममा भट्टराईलाई भेटेकी थिइनन । एमाले नेताहरुले भट्टराईको अभिव्यक्तिलाई आफूलाई नभेटेको आक्रोश मात्र भएको टिप्पणी गरेका छन ।


