![]()
ललितपुर । पूर्व युवराज्ञी हिमानी शाहले ललितपुरको पाटनस्थित बटुक भैरव मन्दिरको अवलोकन गर्नुकासाथै त्यहाँ पूजा अर्चना गरेकी छन ।
शनिबार दिउँसो करिब डेढ बजे मन्दिर पुगी उनले करिब पौने घन्टा पूजाआजा गरेकी हुन । उनी करिब सवा दुई बजे पूजा सकेर निस्कीएकी थिइन ।

प्रायः शनिवारको दिन निकै भीड हुने बटुक भैरव मन्दिरमा हिमानीका कारण झन भिडभाड भएको थियो । पूजा सकिएपछि उनलाई पूजारीले प्रसाद दिएका थिए।
परम्परागत पोशाकमा मन्दिर पुगेकी हिमानीलाई पूजारीले माला लगाइदिएका थिए । पछिल्लो केही समययता पूर्व युवराज्ञी शाह मठ मन्दिरमा दर्शन र पूजाका लागि बढी नै व्यस्त भैरहेकी छन ।


