![]()
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नयाँ सरकार गठन अघि नै माओवादी केन्द्रसँगको पार्टी एकता गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन, काठमाडौं महानगर समितिले गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँलेसरकार गठनमा केही ढिलाई हुने देखिएपनि माओवादी केन्द्रसँगको पार्टी एकतामा ढिलाई गर्न नहुने बताउनुभयो ।
नेता नेपालले दुई पार्टीबीचको विचाराधारा र संगठनमा एकरुपता ल्याउन दुईवटा कार्य दल तत्काल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘ दुई पार्टीबीचको विचारमा एकरुपता ल्याउन विचारधारात्मक कार्यदल र संगठनमा एकरुपता ल्याउन संगठनात्मक कार्यदल बनाएर अघि बढदा मात्रै एकता प्रक्रिया सहज हुन्छ । ’
पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले निर्वाचन आयोगले निर्वाचनको नतिजा सार्वजनिक गर्न ढिलाई गरेकोमा असन्तुष्टि पनि व्यक्त गर्नुुभयो ।


