![]()
काश्की । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले माओवादी केन्द्रलाई एमालेसँग एक हुन नदिन आफूले सक्दो पहल गर्ने बताउनु भएको छ ।
पोखरामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वामगठबन्धनबाट अलग गर्न सक्दो प्रयास गर्ने बताएका हुन ।
महामन्त्री कोइरालाले वामगठबन्धनबाट दाहाललाई अलग्याउन सके आफूहरुलाई रणनीतिक सफलता मिल्ने दाबी गरे । निर्वाचनमा कांग्रेसको पराजयको अपजस पार्टी सभापतिलाई नदिन महामन्त्री कोइरालाले आग्रह गरे । ‘पार्टी सभापतिलाई आरोप गर्नुभन्दा कहाँ त्रुटि भएको छ, हेर्नुर्पयो’, उनले भने, ‘त्रुटिहरु धेरै छन्, टिकट वितरणमा त्रुटि भएको छ, मूल्यांकन गर्ने हाम्रो क्षमता कमजोर रहेछ ।’ कोइरालाले भने ।
अबको ५ वर्ष पार्टी सुधारमा आफू केन्द्रित हुने अठोट पनि कोइरालाले सुनाए । अबको हप्ता १० दिनमा पार्टीको केन्द्रीय समिति बैठक बसेर निर्वाचनको समीक्षा गर्ने जानकारी समेत उनले दिए ।


