Breaking News.... EverestOnlineKhabar
August 12, 2026

आमा बनेको चार महिनापछि सेरेना कोर्टमा, पराजित भएपनि उत्साहीत

Loading

बिबिसि । पूर्व विश्व नम्बर एक अमेरिकन टेनिस खेलाडी सेरेना विलियम्स टेनिस कोर्टमा फर्किएकी छिन् । आमा बनेको करिब चार महिनापछि सेरेना प्रदर्शनी खेलबाट कोर्टमा फर्केकी हुन् ।

युएईको अबुधाबीमा भएको मुबाडाला विश्व टेनिस च्याम्पियनसिपको प्रदर्शनी खेलमा सातौं वरियताकी लाटभियाकी जेलेना ओस्टापेन्कोविरुद्ध मैदान उत्रँदै सेरेनाले टेनिस कोर्टमा पुनरागमन गरेकी हुन् ।

उक्त खेलमा सेरेना ६ – २, ३ – ६ (१० – ५) ले पराजित भइन् । करिब ११ महिनापछि टेनिसमा फर्किए पनि जेलेनाविरुद्ध सेरेनाले केही आफ्नो क्लासिक खेल प्रदर्शन गरेकी थिइन् । खेलपछि टेनिस कोर्टमा फर्कदा सेरनाले आफू निकै उत्साहित रहेको बताइन ।

गत वर्ष जनवरीमा अष्ट्रेलियन ओपनको उपाधि जितेपछि सेरेना पहिलोपटक कोर्टमा उत्रिएकी हुन् । यस्तै सेरेनाले गत सेप्टम्बरमा छोरी एलेक्सिस ओलम्पिया ओहानियनलाई जन्म दिएकी थिइन् । सेरेनाले नोभेम्बरमा एलेक्सिस ओहानियनसँग विवाह गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed