Breaking News.... EverestOnlineKhabar
August 12, 2026

अन्ततः संजय लीला भंसालीको ‘पद्यमावति’ लाई प्रदर्शन अनुमति

Loading

एजेन्सी । भारतमा अन्ततः सञ्जय लीला भंसालीद्वारा निर्देशित चलचित्र पद्मावतीले सेन्सर बोर्डबाट अनुमति पाएको छ । महिनौंसम्म चलेको विवाद, विरोध प्रदर्शन र राजनीतिक टीकाटिप्पणीपछि यो फिल्मले प्रदर्शनको अनुमति पाएको हो ।

समाचार संस्था पीटीआइका अनुसार सेन्सर बोर्डले नाम परिवर्तन गरेर पद्मावत राख्न सुझाव दिएको छ । सेन्सर बोर्डले चलचित्रका केही दृश्यहरु हटाउन आदेश पनि दिएको छ । चलचित्रसँग सम्बन्धित विवाद भने सकिएको छैन ।

उक्त चलचित्रको विरोध गर्दै आएको करणी सेनाले सेन्सर बोर्डको आदेशपछि पनि खुशी देखाएको छैन । करणी सेनाका संरक्षक लोकेन्द्र सिंह कावलीले भनेका छन, ‘पद्मावतीको वंशज र राजपरिवारसँग सम्बन्धित अन्य ६ जनालाई पनि सेन्सर बोर्डले उक्त चलचित्र देखाएको छ, उनीहरुको राय लिएर मात्रै करणी सेनाले भावी कदम चाल्नेछ ।’

६ जनामध्ये तीनजनाले सो चलचित्रमाथि रोक लगाउन सिफारिस गरेको आफूले जानकारी पाएको कावलीले बताए । उनले भने, “रोक लगाउन सिफारिस गर्नेमा पूर्व राजपरिवारका अरविन्द सिंह, इतिहासकार चन्द्रमणि सिंह र के के सिंह छन, मैले तीनजनासँगै कुरा गरेको छु र सबैले रोक लगाउनुपर्ने सुझाव दिएका छन्।“

सेन्सर बोर्डको निर्णयपछि सामाजिक सञ्जालमा पनि उक्त विषयले निकै चर्चा पाएको छ । ट्वीटर प्रयोगकर्ताले सेन्सर बोर्डको प्रस्तावमाथि प्रश्न उठाएका छन् ।

पद्मावती चलचित्रको पोस्टरको एउटा नक्कली तस्वीर ट्वीटरमा चर्चित भएको छ । त्यसमा दीपिकाको तस्वीरको सट्टा रनवीर सिंहको तस्वीर राखिएको छ । भायकम १८ मोशन पिक्चर्सद्वारा निर्मित उक्त चलचित्रलाई दिएर पछिल्लो समय निकै विवाद भइरहेको छ।
निर्धारित तालिका अनुसार यही डिसेम्बर १० तारिखमा उक्त चलचित्र प्रदर्शन हुने तय भएको थियो तर बोर्डलाई पठाइएको निवेदनमा प्राविधिक त्रुटि भएको भन्दै सेन्सर बोर्डले फिर्ता पठाएको थियो ।

प्रदर्शनकारीहरुले उक्त चलचित्रमा महारानी पद्मावतीसँग सम्बन्धित ऐतिहासिक तथ्यलाई तोडमोड गरेर प्रस्तुत गरिएको दाबी गर्दै आएका छन् ।

निर्देशक भंसालीले जारी विवादबारे स्पष्टीकरण दिँदै भनेका छन, “म रानी पद्मावतीको कहानीबाट सधैँ प्रभावित रहिआएको छु, यो चलचित्र उनको वीरता र बलिदानप्रति नमन गर्दछ।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed