![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई भेटवार्ता भएको छ ।
आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।
भेटमा एक अर्कालाई बिजयको बधाई दिंदै दुःख सुखको कुराकारी भएको प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डले अब आफनो र संयोजक भट्टराइको एजेण्डा एउटै भएकाले मूलधारको राजनीतिमा फर्कन भट्टराईलाई आग्रह गरेका थिए ।
बाबुरामले ल्याएको आर्थिक विकास र समृद्धिको एजेन्डा कार्यान्वयनका लागि प्रचण्डले माओवादीमा या बाम ध्रुवीकरणमा आउन आग्रह गरेका थिए ।
जवाफमा नेता भट्टराईले मुलुकमा राजनीतिक स्थायित्व र समृद्धिका लागि अब इमान्दारितपूर्वक लाग्नुपर्ने बताएका थिए ।


