Breaking News.... EverestOnlineKhabar
August 12, 2026

चीन भागेका उत्तर कोरियाली वैज्ञानिकलाई घर फर्काइएपछि गरे आत्महत्या

Loading

एजेन्सी,पुस ।
उत्तर कोरियाबाट भागेर चीन पुगेका आणविक क्षेत्रका वैज्ञानिकलाई पुनः आफ्नै देश फर्काइएपछि उनले जेलभित्रै विष खाएर आत्महत्या गरेको डेली मेलले बताएको छ । अनुमानित ५० वर्षीय उनको नाम ह्यन छिओल बताइएको छ । उनी गत नोभेम्बरमा उत्तर कोरियाबाट दक्षिण जाने क्रममा चीनमा पुगेका थिए ।
तर विभिन्न कारणवश उनलाई पुनः उत्तर कोरिया फर्किसकेपछि मात्र उनी प्योङयोङका स्टेट एकेडेमी अफ साइन्सका वैज्ञानिक रहेको खुलासा भएको बताइएको छ ।
उनलाई उत्तर कोरियाको सिन्जु शहरमा पुर्याइएपछि उनीसँग सोधपुछ गर्ने तयारी भइरहेको बताइएको छ । उनले किन भाग्ने प्रयास गरे र कसरी र कसको मद्दतले भाग्न सफल भए भन्ने जस्ता प्रश्नको जवाफका लागि उनलाई तयार रहन लगाइएको थियो ।
चीनबाट ल्याउनुअघि धेरैपटक सम्म तलासी गर्दापनि उनीबाट केही फेला परेको थिएन । यस्तोमा उनले कहाँबाट जेलभित्र विष ल्याए भन्नेमा उत्तर कोरियाली अधिकारीहरु अलमल्ल परेको बताइएको छ । उनले उत्तर कोरियाबाट पलायन हुनुअघि स्वस्थ्य खराब भएको भन्दै आफ्नो कामबाट केही दिनका लागि बिदा बसेका थिए । त्यसपछि उनी अचानक सीमा क्षेत्रतर्फ गएको खबर आउँदा अधिकारीहरुले उनको खोजी गर्न सुरु गरेको बताइएको छ । यसपछि उनी दक्षिण भाग्ने क्रममा आफ्नो परिचयलाई गोप्य राख्दै चीनमा बसिरहेका थिए ।
चिनियाँहरुलाई आफू प्योङयोङको आणविक क्षेत्रको वैज्ञानिक भएको थाहा भएमा तिनीहरुले आफूलाई त्यहीँ राखेर सोधपुछ गर्ने डरले उनले परिचय लुकाएको बताइन्छ । तर उनलाई फेरि उत्तर कोरिया नै फर्काइने भएपछि उनीमाथि कडा कारबाही हुनेमा उनी पक्का थिए । त्यसकारण क्रुर यातना सहनुपर्ने डरले उनले सोधपुछ अघि नै आफ्नो ज्यान लिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed