![]()
एजेन्सी । सलमान खानको पछिल्लो एक्सन इन्टर्टेनर ‘टाइगर जिन्दा है’ ले भने बक्स अफिसमा आफ्नो जादु कायम राखेको छ । सलमान र कैटरिना कैफको यो फिल्मले अत्यधिक सफल फिल्मको सूचीमा आफूलाई स्थापित गरेको छ । फिल्मले दर्शक तान्नेक्रम रोकिएको छैन । फिल्मले २ सय करोड माथिको आम्दानी गरिसकेको छ ।
यससँगै यसका रोचक ७ तथ्य :
१. टाइगर जिन्दा है फिल्मले २ सय करोड रिलिजको ७ दिनभित्रै पूरा गर्न सक्यो।
२. सन् २०१७ मा बक्स अफिसमा २ सय करोड कटाउने यो तेस्रो फिल्म बन्न सक्यो।
३. बलिउड फिल्मको सूचीमा २ सय करोड पार गर्ने यो १४ औं फिल्म बनेको छ।
४.दुई सय करोडभन्दा बढी कमाउने यो सलमानको मात्रै पाचौं फिल्म हो।
५. यो अली अब्बास जफरको दोस्रो फिल्म हो जसले बक्स अफिसमा २ सय करोडको आँकडा पार र्गयो ।
६. कैटरिना कैफका लागि पनि यो २ सय करोड पार गर्ने दोस्रो फिल्म बनेको छ।
७. दुई सय करोड क्लबमा प्रवेश गरेको फिल्म टाइगर जिन्दा है ले ५ हजार ७ सय स्क्रिनमा सो पाएको थियो।


