![]()
पर्सा । अत्यधिक चिसोका कारण मध्य तराईको जनजीवन प्रभावित बनाएको छ । सानादेखि ठूलासम्म चिसोको कहरमा परेका छन् । खासगरी पुसमा चल्ने शीतलहरले विपन्न, दलित, असहाय, बालबालिका तथा वृद्धवृद्धालाई सताउने गर्छ। कतिको ठन्डीकै कारण ज्यान समेत जाने गर्छ ।
बिगतका बर्षमा स्थानीय प्रशासनले दाउरा, कम्बल लगायत न्यानो कपडा बितरण गर्ने गरेको भएपनि यसपटक कसैले पनि वास्ता नगरेको उनीहरुको गुनासो छ । निर्वाचनमा नेताहरु घर–घरमा भोट माग्न आएपनि चिसोकाबेला कसैले पनि सोधपुछ नगर्दा उनीहरु निराश भएका छन ।
दैनिक शितलहर चलेकाले बिरामी हुनेको संख्या पनि बढिरहेको छ । अस्पतालमा बिरामीको चाप बढन थालेको छ ।


