Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले बामगठबन्धनले प्राप्त गरेको सफलतालाई उपयोग गरी मुलुकलाई समृद्धिको मार्गमा लैजाने प्रतिबद्धता जनाउनु भएको छ ।

सामुदायिक स्वस्थ्य सेवा परिषद डल्लु आवासद्वारा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता खनालले बामगठबन्धनको जितसंगै नवनिर्माणको युग प्रारम्भ भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ अब नवनिर्माणको युग सुरु भएको छ । अब नेपाल बिकास निर्माण र समृद्धिको क्षेत्रमा खरायोको चालमा अघि बढ्छ, यो कुरामा ढुक्क हुन आग्रह गर्दछु । ’

पूर्व प्रधानमन्त्री खनालले वामगठबन्धन टुटाउन विभिन्न खेल भइरहेको बताउँदै भन्नुभयो, ‘गठबन्धनलाई तोड्न थुपै प्रयास भएका छन, त्यो काम लाग्दैनन ।’

राष्ट्र निर्माणका लागि प्राप्त दायित्व, अभिभारा, जनताले सुम्पेको जिम्मेवारीलाई सम्मान गर्दै इमान्दारितापूर्वक पूरा गर्ने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed