Breaking News.... EverestOnlineKhabar
April 19, 2026

इपिएल क्रिकेटको उपाधि बिराटनगर वारियर्सलाई, फाइनलमा भैरहवा १ रनले पराजित

Loading

काठमाडौं । एभरेष्ट प्रिमियर लिग(ईपीएल) क्रिकेटको उपाधि विराटनगर वरियर्सले जितेको छ । फाइनल खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्लाडियटर्सलाई १ रनले हराएको हो ।

विराटनगरले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा सुरुवातमा राम्रो प्रदर्शन गरेको भैरहवाले अन्तिममा लगातार विकेट गुमाएको थियो । भैरहवाका लागि कप्तान शरदले सर्वाधिक ५२ रन बनाए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर विराटनगरले व्याटिङ रोजेको थियो । विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको हो ।

विराटनगरका लागि अन्सुमान राथले सार्वा्धिक ४१ रन बनाए । पासर खड्काले २७ र अनिल साहले २२ रन बनाए । ईपीएलकै उच्च स्कोर बनाएका बाबर हयात भने ११ रनमै आउट भए । भैरहवाका कृष्ण कार्की र हरिशंकर साहले २–२ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed