Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको ग्याल्थुम अम्बाथान खण्डको सुरुङ सम्पन्न भएको छ । आयोजनाको मुख्य कामको यो दोस्रो ‘ब्रेक थु्र’ हो । करिब चार मिटर सुरुङ खन्ने काम सम्पन्न भएसँगै आयोजनाको दोस्रो खण्ड पूरा भएको हो ।

ग्याल्थुम अडिटदेखि अम्बाथानसम्मको आठ दशमलव दुई किलोमिटर छेडिएसँगै आयोजनाको १७ दशमलव ६ किलोमिटर सुरुङ निर्माण सम्पन्न हुनेछ । यसअघि आयोजनाको सबैभन्दा लामो खण्ड सिन्धु अडिटदेखि सुन्दरीजलसम्मको नौ दशमलव चार किलोमिटर सुरुङ ‘ब्रेक थु्र’ भइसकेको छ ।

आयोजना निर्माणका लागि मुहानदेखि सुन्दरीजलसम्मको साढे २७ किलोमिटर सुरुङ खन्नुपर्नेछ । योमध्ये सिन्धुदेखि ग्याल्थुम अडिटको खण्डमा करिब पाँच सय मिटर मात्र सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । दैनिक १० देखि १२ मिटर खन्ने काम भइरहेको छ ।
खन्न बाँकी भाग नरम माटोको भएकाले अलि बढी समय लागेको आयोजनाले जनाएको छ ।

आयोजनाको चार अडिटबाट ६ तिर सुरुङ खन्ने काम हुँदै आएकोमा अब दुई अडिटबाट मात्र सुरुङ खन्ने काम बाँकी छ । अम्बाथानबाट मुहानसम्मको भाग र सिन्धु ग्याल्थुम खण्ड सुरुङ खनेपछि लाइनिङ मात्र बाँकी रहने बास्कोटाले जानकारी दिए । लाइनिङको काम पनि सुरु भइसकेको छ । यही रफ्तारमा काम अघि बढ्यो भने दसैंसम्म मेलम्चीको पानी काठमाडौंका धारामा खस्ने उनको विश्वास छ । आयोजना सन २००१ बाट निर्माण सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed