Breaking News.... EverestOnlineKhabar
August 16, 2026

सेन्ट पिटर्सबग बिष्फोट : आइएसले जिम्मा लियो

Loading

बिबिसि । तथाकथित इस्लामिक स्टेट (आइएस) समूहले रुसी शहर सेन्ट पिटर्सबर्गस्थित एउटा सुपरमार्केटमा आफूले बम विस्फोट गराएको दावी गरेको छ । सो विस्फोटमा कम्तीमा १३ जना घाइते भएका थिए ।

आइएसले आफ्नो समाचार संस्था अमाकमा विस्फोटको जिम्मेवारी दावी गरे पनि त्यसको कुनै प्रमाण दिएको छैन । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त विस्फोटलाई आतंकवादी कार्यको संज्ञा दिएका थिए ।

आतंकवादी भर्ती गर्ने कार्यबिरुद्धको सजाय कडा पार्ने एउटा कानूनमा पुटिनले हस्ताक्षर गरेपछि आइएसको दावी सार्वजनिक भएको हो । आइएसले रुस र पूर्व सोभियत संघका राज्यहरुबाट हजारौं लडाकुहरु भर्ती गरेको छ ।

पुटिनले आइएसद्वारा भर्ती गरिएका ती लडाकुहरु स्वदेश फर्किए खतरा उत्पन्न गराउने चेतावनी दिएका थिए ।
सिरियाली युद्धमा रुसले त्यहाँको सरकारको पक्ष लिएर हस्तक्षेप गरेका कारण आइएस र अरु लडाकु समूहहरुले आक्रमण गर्ने गरेको बताइन्छ ।

बुधवारको विस्फोटपछि प्रारम्भिक रिपोर्टहरुमा अधिकारीहरुले त्यसलाई हत्या प्रयासको रुपमा लिएको जनाइएको थियो । तर एउटा सैन्य पुरस्कार वितरण समारोहमा बोल्दै पुटिनले भने, “तपाईँहरुलाई थाहा छ सेन्ट पिटर्सबर्गमा हिजो आतंकवादी कार्य गराइएको थियो।“

रुसी सञ्चारमाध्यमहरुका अनुसार ग्राहकहरुले झोला राख्ने लकरभित्र एउटा ठूलो झोलामा बम लुकाएर राखिएको थियो । पुटिनले शुक्रवार हस्ताक्षर गरेको नयाँ कानून अनुसार आतंकवादी भर्ती गर्नेलाई १० वर्षे सजाय बढाएर आजीवन कारावास हुने बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.