Breaking News.... EverestOnlineKhabar
April 19, 2026

मूल्यबृद्धिको बिरोधमा इरानमा सरकार बिरोधी प्रदर्शन चर्कियो

Loading

बिबिसि । इरानमा मूल्यवृद्धिको विरोधमा शुरु भएको प्रदर्शन अहिले सरकारको नीति तथा धर्मगुरुबाट गरिने शासनविरुद्ध पनि हुन थालेको छ ।

उत्तरमा राश्ट सहर, पश्चिममा केरमनशामा थुप्रै मानिसहरु सडकमा उत्रिएका छन । एस्फहान, हमादानलगायत अन्य क्षेत्रमा पनि प्रदर्शनहरु भैरहेका छन ।

प्रदर्शनमा उत्रिएका मानिसहरुको समूहलाई राजधानी तेहरानमा पक्राउ गरिएको छ । कडा नाराहरु लगाएका ५२ प्रदर्शनकारीहरु पक्राउमा परेका हुन् । पक्राउ गरिएकोमा निन्दा गर्दै अमेरिकाले सबै राष्ट्रहरुलाई इरानी जनताले आधारभूत अधिकार र भ्रष्टाचार अन्त्यका लागि गरेको मागलाई सार्वजनिक रुपमा समर्थन गर्न आह्वान गरेको छ ।

जनसंख्याको हिसाबले देशको दोस्रो ठूलो उत्तर पूर्वी शहर मस्सदबाट बिहीवार प्रदर्शनहरु शुरु भएको थियो । सडकमा उत्रिएका मानिसहरुले अधिक मूल्य वृद्धि गरेकोमा सरकार र राष्ट्रपति हसन रुहानी प्रति आक्रोश व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed