Breaking News.... EverestOnlineKhabar
April 19, 2026

फागुन नलागेसम्म नयाँ सरकार गठन नहुने : वाणिज्य मन्त्री बिश्वकर्मा

Loading

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम वाणिज्यमन्त्री मिन विश्वकर्माले नयाँ सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्ने भएकोले त्यसपछिमात्रै आफूहरुले सरकार छोड्ने स्पष्ट पारेका छन् ।

राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले राष्ट्रिय सभाको निर्वाचन नभएसम्म नयाँ सरकार गठनको लागि प्रक्रिया नै सुरु नहुने दाबी गरे । उनले भने,‘वाम गठबन्धनका साथीहरुले अबको १५ दिनभित्रै नयाँ सरकार बन्छ भन्नुभयो, उहाँहरुले बहुमत ल्याएकै दिनदेखि सरकार गठन गरिसक्नुभयो, तर निर्वाचन आयोगले दल दर्ताको लागि १५ दिनको समय तोक्छ, त्यसपछि एक महिनाभित्रै चुनाव सम्पन्न गर्नुपर्छ, हामी त आयोगलाई सहजीकरण गर्ने हो, यसरी हेर्दा सरकार गठनको लागि कम्तिमा ६ हप्ता लाग्छ ।’

मन्त्री बिश्वकर्माले आफूहरु प्रतिपक्षमा बस्न तयार रहेको स्पष्ट पारे । उनले वर्तमान सरकारले आयु लम्ब्याउन खोज्यो भनेर बाहिर हल्ला गलत भएको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed