![]()
काठमाडौ,पुस ।
निर्वाचन आयोगले दलहरुलाई प्रदेशसभाका समानुपातिक सांसदको सूची बुझाउन दिएको समय (आज) शुक्रबार सकिँदैछ । आयोगले गएको शुक्रबार समानुपातिकतर्फ १३ दलले प्रदेशसभामा समानुपातिक तर्फबाट पाएको सिट संख्याका आधारमा नाम टुंगो लगाई एक हप्ताभित्र सूची पेश गर्न समय दिएको थियो ।
सातवटा प्रदेशका पाएका २ सय २० सिटमध्ये सबैभन्दा धेरै एमालेले ७५, कांग्रेसले ७२, माओवादी केन्द्रले ३५ जना सांसद पाएका छन् । त्यस्तै संघीय समाजवादी फोरमले १३, राजपाले १२, राप्रपा र विवेकशिल साझाले तीन तीन राष्ट्रिय जनमोर्चाले २ र अन्य पाँच दलले एक–एक सिट पाएका छन् ।
ती सिटमा राजनीतिक दलले निर्वाचित हुने उम्मेदवारको नाम आयोगलाई सिफारिस गर्नुपर्छ । शुक्रबार विहान ११ बजेसम्म अहिलेसम्म एमाले र विवेकशिल साझाले मात्र प्रदेश सांसदको नाम टुंगो लगाएका छन् ।


