Breaking News.... EverestOnlineKhabar
April 19, 2026

कांग्रेस पनि प्रदेशसभा समानुपातिक सांसदको नामावली टुंगो लगाउने गृहकार्यमा..

Loading

काठमाडौ,पुस ।
नेपाली कांग्रेसले पनि प्रदेशसभा समानुपातिक सांसदको नामावली अहिले टुंगो लगाउने भएको छ । अहिले प्रधानमन्त्री निवास बालुवारटामा बसिरहेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन आयोगमा बुझाउने नामावलीको टुंगो लगाउने भएको हो ।
निर्वाचन आयोगले पठाएको पत्रअनुसार आज नै दलहरुले नामावली बुझाउनुपर्ने हुन्छ । समानुपातिकतर्फ प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दल रहेका छन् । उनीहरुलाई ७ दिनभित्र नामावली बुझाउन निर्वाचन आयोगले पत्राचारसमेत गरेको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, विवेकशील साझा, संघीय समाजवादी फोरम नेपाल लगायतका राजनीतिक दलले यसअघि नै नामावली टुंगो लगाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed