Breaking News.... EverestOnlineKhabar
September 9, 2026

प्रधानमन्त्री देउवा र भारतीय राजदूतबीच भेटवार्ता,भेटघाट अर्थपूर्ण…

Loading

काठमाडौ,पुस ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले (आज) शुक्रबार बिहान भेटवार्ता गरेका छन् । भेटमा समसामयीक राजनीतिबारे छलफल भएको बताइएको बालुवाटार श्रोतले जनाएको छ ।
कांग्रेसको कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला भारतीय राजदूत पुरी बालुवाटार पुगेका थिए । राजदूत पूरी झण्डै आधा घण्टापछि बालुवाटारबाट बाहिरिएका थिए ।
नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्ने तयारी गरिरहेका बेला कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा र राजदूत पुरीबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.