Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

काठमाडौ,पुस ।
नेकपा एमालेले प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको नामावली निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको एमाले स्थायी कमिटीको बैठले सात वटै प्रदेशमा गरी ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको हो ।
एमालले प्रदेश नं. १ मा १५, प्रदेश नं. २ मा ७, प्रदेश नं. ३ मा १६, प्रदेश नं. ४ मा १०, प्रदेश नं.५ मा १३, प्रदेश नं. ६ मा ६ र प्रदेश नं. ७ मा ८ प्रदेशसभा सदस्यको सिट पाएको थियो ।
एमालेका सचिव प्रदीप ज्ञवालीका अनुसार प्रदेशसभा सदस्यको नामावली यसप्रकार छन्ः
प्रदेश नं १
विनादेवी राई, सावित्री जोशी, उषाकला राई, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, होमकुमारी साँवा, आशारत्न जबेगु, यशोदा अधिकारी, अम्बिका थापा, सरिता थापा, सावित्राकुमारी रेग्मी, सुनिताकुमारी चौधरी, जसमाया गजमेर (विश्वकर्मा), वसन्तीदेवी यादव र गुलेफुन मियाँ
प्रदेश नं २
त्यसैगरी प्रदेश नं २ मा सीता गुरुङ, रवीन्द्र बैठा धोवी, डा मनोजकुमार सिंह, जकतारैन देवी सुडिन साह, अनिताकुमारी यादव, मञ्जुकुमारी यादव र हसिमा खातुन
प्रदेश नं ३
प्रदेश नं ३ मा बेलिमैया घले, जुनेलीमाया श्रेष्ठ, सरस्वती बाटी, शान्ति थिङ, देवकी श्रेष्ठ (वान्तवा), इन्द्रमाया गुरुङ, सीता लामा, आशमाया तामाङ, उर्मिला कर्माचार्य, रचना खड्का, मुनु सिग्देल, सरस्वती बस्नेत, गोमा भुर्तेल, मीना ज्ञवाली (नेपाल), पार्वती सिलवाल र मैना अछामी सार्की
प्रदेश नं ४
प्रदेश नं ४ मा चन्द्रमोहन गौचन, मित्रकुमारी गुरुङ सुवेदी, सावित्रा राना, मीना गुरुङ, मायानाथ अधिकारी, सिर्जना शर्मा, प्रभा कोइराला, पुष्पा केसी भण्डारी, लक्ष्मी सुनार र जुनादेवी नेपाली
प्रदेश नं ५
प्रदेश नं ५ मा रमा घर्ती, थानकुमारी थापा चापागाईं, विमला शर्मा पन्थी, सरस्वती गौतम, जालपा भुसाल, भगवतीदेवी भण्डारी कृष्णी थारु, धमकली चौधरी, कमलादेवी विक, आशा स्वर्णकार, सुनिताकुमारी ठठेर, चिन्तावती कुर्मी र फौजिया नसिम ।
प्रदेश नं ६
त्यसैगरी प्रदेश नं ६ मा मीनासिंह रखाल, बदमी क्वारी बोहोरा, पद्मा खड्का, देवी ओली, कौशिलावती खत्री र राजु नेपाली
प्रदेश नं ७
प्रदेश नं ७ मा माया भट्ट, मनाकुमारी साउद, पूर्णा जोशी, माया तामाङ बोहरा, सुशीला बुढाथोकी, चुनकुमारी चौधरी, अर्चना गहतराज र दुर्गा विक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed