Breaking News.... EverestOnlineKhabar
April 19, 2026

जापानले यौनदासी राखेको मुद्दा सम्झौताबाट समाधान नहुने : दक्षिण कोरिया

Loading

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले दोस्रो विश्वयुद्धका बेला जापानले यौनदासी राखेको विषयमा सन् २०१५ मा भएको सम्झौताबाट समस्याको समाधान नहुने बताएका छन् ।

जापानी सेनाले दोस्रो विश्वयुद्धका समयमा दक्षिण कोरियाली महिलालाई यौनदासी बनाएको विषयमा यी दुई देशबीच दशकौंदेखि विवाद भइरहेको छ ।

लामो समयको प्रयासपछि यी दुई देशबीच सन् २०१५ मा एक सम्झौता भएको थियो । त्यस सम्झौतामा यौनदासी बनाइएका महिलालाई क्षतिपूर्ति रकम दिने उल्लेख थियो । त्यस सम्झौतालाई दक्षिण कोरियाको सरकारले शुरुमा सहमति जनाएको थियो । पछि ती महिलाले आफूहसँग सल्लाह नगरिएको भन्दै विरोध गरेका थिए ।

सम्झौताको विषयमा राष्ट्रपतिका प्रवक्ताले भने, ‘सम्झौतामा दक्षिण कोरिया र जापानका नेताहरूले सहमति गरेका हुन्। त्यसैबमोजिम सहमति पनि भएको दाबी गरिएको छ, तैपनि यसबाट समस्या समाधान हुन्छ भन्ने कुरामा राष्ट्रपति सहमत हुनुहुन्न।’

बिहीबार पत्रकार सम्मेलनमा राष्ट्रपति इनका प्रवक्ता पार्क सु हायनले भने, ‘त्यो बेला यहाँका पीडित महिलालाई क्षतिपूर्ति दिने सहमतिका बारेमा उहाँलाई सुनाउँदा राष्ट्रपति भावुक बन्नुभयो ।’

सन् २०१५ मा दक्षिण कोरिया र जापानबीच गोप्य सहमति भएको जानकारी दक्षिण कोरियाको विदेशमन्त्रालयले बुधबार सार्वजनिक गरेको थियो । विदेश मन्त्रालयले गोप्य सहमति भएको जानकारी गराएलगत्तै राष्ट्रपति इनबाट यस्तो प्रतिक्रिया आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed