![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रमुख तीन दलबीच सम्झौता गरेर राजनीतिक गाँठो फुकाउनुपर्ने प्रस्ताव गरेको छ ।
राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश राष्ट्रपति कहाँ अड्किएर एमाले र कांग्रेस आ–आफनो अडानमा रहेकाबेला माओवादीको मध्यमार्गी प्रस्ताव बाहिर आएको हो । यसअघि माओवादी केन्द्रीय सचिवालय बैठकले पनि राजनीतिक सहमतिका आधारमा अघि बढनुपर्ने निष्कर्ष निकालेको थियो ।
माओवादी केन्द्रीय कार्यालयको बिहीबार बसेको बैठकले निर्वाचन आयोगसँग छलफल गर्ने पनि निर्णय गरेको छ ।
राजनीतिक सम्झौता भएको अवस्थामा राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश अघि बढ्ने देखिएको छ । प्रदेश प्रमुखहरुको नियुक्तिका सन्दर्भमा पनि सहमति खोजिने छ ।
राजनीतिक सहमति नखोने राजनीतिक गतिरोध बढने र बर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार लम्बिरहने माओवादीको निष्कर्ष छ ।


