Breaking News.... EverestOnlineKhabar
April 19, 2026

बैद्यले सक्रियता बढाए, बिप्लवसंग एकता हुँदै, माओवादी एमालेमा बिलय हुन थालेको निष्कर्ष

Loading

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले आफूसंग छुट्टिएर गएको नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीसंग पार्टी एकीकरण हुन लागेको बताएका छन ।

बुटवल–१२ ढबाहस्थित छन्त्याल संघको भवनमा पार्टीको प्रदेश नं ५ को प्रदेशस्तरीय प्रशिक्षण तथा बैठकको उदघाटन गर्दै महासचिव वैद्यले सच्चा क्रान्तिकारीलाई गोलबन्द गर्न अब अगुवाई गर्ने बताए । पार्टीले पार्टी एकीकरण र धु्रवीकरणका लागि विप्लव, ऋषि कट्टेल र मसालसँग छलफल चलिरहेको समेत बताए । मुलुकमा प्रतिक्रान्तिको अध्याय शुरु भएको भन्दै नयाँ जनवादी क्रान्तिको तयारीमा पार्टी जुटनु परेको उनले बताए ।

बहुदलीय र बहुलवादलाई सिध्याएर कांग्रेस–एमाले र माओवादी केन्द्रले मुलुकमा पाँचदलीयवाद लाद्न खोजेको उनको आरोप छ । उनले एमाले र माकेको एकतालाई एकता नभई माके एमालेमा विलय भएको जिकीर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed