Breaking News.... EverestOnlineKhabar
August 13, 2026

बलिउड अभिनेत्री प्रियंका चोपडाले खोलिन आफनो सफलताका १२ रहस्य (भिडियोसहित )

Loading

एजेन्सी । भारत अभिनेत्री प्रियंका चोपडा निकै सफल मानिन्छन । बिश्व सुन्दरी, ब«म्हाण्ड सुन्दरीदेखि बलिउड र अब त हलिउडमा समेत तहल्का मच्चाइरहेकी प्रियंकाले आफू सफल हुनुका कारण एक सार्वजनिक कार्यक्रममा खोलेकी छिन । पेन्गुइन पब्लिकेशनले आयोजना गरेको ‘ब्रेक्रिंङ द ग्लास सिलिङ – चेन्जिङ द ड्रिम’ मा प्रियंकाले यसबारे बोलेकी हुन ।

उनले भनिन, ‘म के हो त्यो त मलाई थाहा छैन तर म पानी जस्तै बन्न चाहन्छ ु। जसलाई जहाँ राख्यो त्यस्तै बन्छ ।’
प्रियंकाले सफलताको पनि अलग्गै परिभाषा दिएकी छन्। उनले भनिन, ‘मेरो लागि सफलताको परिभाषा मेरा प्रशंसकसँग मलाई माया गर्ने कारण भइरहनु हो। म यस्तो गर्न चाहन्छु जसलाई उनीहरूले सधै मन पराउँन।’

प्रियंकाले सफलताको १२ सुत्र पनि बताएकी छन् ।
१. तपाई जस्तो अरु कोही पनि छैन। तपाईले आफूलाई चिन्न सबैभन्दा जरुरी छ।

२. सपनालाई उडान दिनुहोस्। परिवर्तनको डरले आफ्नो सपनालाई नदबाउनुहोस्।

३. महत्वकांक्षी बन्नुहोस्। महिलाहरू त झन् एकदम महत्वकांक्षी हुन जरुरी छ।

४. कसैलाई आफ्नो सपनामा हस्तक्षेप गर्ने अधिकार नदिनुहोस्।

५. थोरैमा किन सन्तुष्ट हुनु? सपना पूरा गर्नका निम्ति लोभी हुन जरुरी छ।

६. हार्नुमा कुनैपनि खराबी छैन। तर त्यसपश्चात उठ्न जरुरी छ।

७. चुनौतीलाई स्वीकार्नुहोस्। तर, चुनौती लिनुभन्दा पहिले समझदारी अपनाउनुहोस्।

८. आफ्नो नजिकका मान्छेहरू समझदारीपूर्वक छान्नुहोस्।

९. तपाई हरेक मान्छेलाई खुशी राख्न सक्नुहुन्न। यसैले कोसिस पनि नगर्नुहोस् ।

१०. प्रत्येक कुरालाई गम्भीरताको रूपले लिन छाड्नुहोस्। जिन्दगीमा रमाइलो गर्न आवश्यक छ।

११. मानवतालाई सधैँ जोगाइराख्नुहोस्। यदि कसैले तपाइको लागि केही गरेको छ भने उसका लागि केही गर्ने जिम्मेवारी तपाईको पनि हो।

१२. यो कहिल्यै नभुल्नु कि, तपाई कहाँबाट आउनु भएको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed