![]()
काठमाडौं । विवेकशील साझा पार्टीले प्रदेश ३ बाट समानुपातिकतर्फ प्रदेशसभामा प्रतिनिधित्व गर्ने तीन सांसदको नाम टुंगो लगाएको छ ।
विवेकशील साझा पार्टीले प्रदेश नम्बर ३ को प्रदेशशभामा रमेश पौडेलको नेतृत्वमा शोभा शाक्य र विराजभक्त श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । तीनैजनाको नाम निर्वाचन आयोगमा पठाइएको छ ।
विवेकशील साझाले प्रदेश नम्बर ३ का १३ जिल्लामा प्रदेशसभातर्फ समानुपातिकमा एक लाख २४ हजार ४ सय ४२ मत प्राप्त गरेको थियो ।
रमेश पौड्याल
३९ वर्षीय पौड्याल विगत चार बर्षदेखि नविन र सुसंस्कृत राजनीतिक अभियानमा क्रियाशील छन् । पौड्यालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर एवं नेदरल्याण्डस् स्थित वागनिगन युनिभर्सिटीबाट विकास व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।
शोभा शाक्य
स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको उपमेयर पदमा शाक्यले प्रतिस्पर्धा गरेकी थिइन । राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित शाक्यले विभिन्न सामाजिक संस्थाहरुको नेतृत्व गरेकी छन् ।
विराज भक्त श्रेष्ठ
बिराजभक्त श्रेष्ठ सामाजिक काममा सक्रिय छन । व्यवस्थापन अध्ययन गरेका श्रेष्ठले विभिन्न संघ–संस्थामा व्याबस्थापकका रूपमा पनि नेतृत्व गरेका छन् ।


